हेलम्बुलाई सहयोग गर्न चाहनेले सिधै बैंकमा रकम जम्मा गर्न सक्ने

डिसी नेपाल
५ असार २०७८ १६:०२
212
Shares

काठमाडौं। हेलम्बु गाउपालिकामा मेलम्ची खोलाको बाढी पीडितलाई सहयोग गर्न चाहनेले सिधै बैंक खातामा रकम जम्मा गर्ने सक्ने भएका छन्। हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाको खातामा रकम जम्म गर्न सकिने जानकारी दिएको छ।

गत मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले हेलम्बुको चनौटलगायताका क्षेत्रमा व्यापक क्षति गरेको छ। हेलम्बु गाउँपालिका क्षेत्रमा करिब ६ सयजना मानिसहरु बाढीका कारण विस्थापित भएका छन्।

गाउँपालिकाले मेगा बैंकको हेलम्बु शाखाको खाता नम्बर सार्वजनिक गरेको छ।

बैंक खाता नम्बर

0970010035275


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *