कोभ्याक्सले नेपाललाई ६ लाख डोज जोन्सन एन्ड जोन्सन र तीनलाख ४८ हजार आस्ट्राजेनेका खोप दिने
काठमाडौं । नेपालले कोभिड-१९ विरुद्ध कोभ्याक्समार्फत तीनलाख ४८ हजार आस्ट्राजेनेका र ६ लाख डोज जोन्सन एन्ड जोन्सन खोप पाउने भएको छ ।
सरकारद्वारा गठित कोभिड- १९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्स अभियानले नेपाललाई तीन लाख ४८ हजार अक्सफर्ड\आस्ट्राजेनेकाको खोप र छ लाख जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बीबीसीलाई बताएका छन्।
दुई मात्रा लिनुपर्ने अक्सफर्ड\आस्ट्राजेनेकाको खोप आगामी जुलाई महिनाभित्र उपलब्ध गराइने व्यहोराको पत्र प्राप्त भएको उनर्ले बताए। अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन खोपको एउटै मात्रा लगाउन सिफारिस गरिएको छ।
उनले भने,’यो धनी राष्ट्रहरूले जम्मा गरेर राखेको भनिएको खोपमध्ये हो। र, कोभ्याक्समार्फत् हामीले पाउन लागेका हौँ।’
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउन स्थापित गरिएको कोभ्याक्स कार्यक्रमको सन् २०२१ भित्र दुई अर्ब कोभिड-१९ खोप वितरण गर्ने लक्ष्य पूरा हुन नसक्ने चेतावनीमाझ पछिल्ला विवरण आएको हो।
उक्त अभियानले हालसम्म १३१ देशमा नौ करोड खोप वितरण गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment