निउरो टिप्न जाँदा …

डिसी नेपाल
८ असार २०७८ २२:४७

भरतपुर । जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएका बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो । अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयवासीले प्रदर्शनसमेत गरेका थिए । साथै स्थानीयवासीले निकुञ्जको सौराहा सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

आज अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *