प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाः विहीबार ८ जनाले बहस गरे

डिसी नेपाल
१० असार २०७८ १८:१७

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्त सुनुवाई भइहरेको प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीका लागि परामादेशको माग गरिएको रिटमा विहीबार रिट निवेदक पक्षका ८ जना कानुन व्यवसायीले बहस गरेका छन्। सर्वोच्चले यसअघि नै निवेदकलाई बहसका लागि १५ घण्टाको समय तोकेको छ। विहीबारको बहसपछि अब निवदेकको बसह गर्ने समय ४ घण्टा ४५ मिनेट बाँकी छ।

विहीबार रिट नविदेकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेससिंह यादव, हरि उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन्।

बहसको पहिलो दिन बुधबार ५ जनाले बहस गरेका थिए। बुधबार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र महादेव यादव तथा अधिवक्ता गोविन्द बन्दी र खम्बहादुर खातीले बहस गरेका थिए। दुई दिनको बहसमा निवेदकका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका छन्। अब बाँकी रहेको समयमा अरु कानुन व्यवसायीले बहस गर्नेछन्। हेर्दाहेर्दैमा राखिएको रिटमाथिको सुनुवाई शुक्रबार पनि हुनेछ। सम्भवत निवेदकका पक्षको बहस शुक्रबार सकिने छ।

आगामी आइतबार रिटका विपक्षी वा सरकार पक्षले बहस शुरु गर्नेछ। सरकारी पक्षले पनि १५ घण्टामा बहस सक्नुपर्ने छ। विपक्षीले बहस सकेपछि निवेदकको पक्षले ३ घण्टाको जवाफी बहस गर्ने छ भने एमीकस क्युरीले २ घण्टामा आफ्नो राय दिनेछ। त्यसपछि मुद्दा फैसलाको चरणमा प्रवेश गर्नेछ। यस अनुसार अब एक हप्ता भित्र देउवालगायत १४६ जना विघटित प्रतिनिधिसभाका सांसदले दायर गरेको रिटको फैसला आउने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *