राजविराजमा मास्क बैंक स्थापना

डिसी नेपाल
१० असार २०७८ २१:३५
36
Shares

सप्तरी । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि यहाँ क्रियाशील विभिन्न संस्थाका समन्वयमा राजविराजमा आज मास्क बैंक स्थापना गरिएको छ । इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, ग्रीन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, कल्याण पोष्ट र कोरोना सहजीकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेका हुन् ।

“हुनेले दिएर जाआँैं, नहुनेले लिएर जाऔंँ” नारासहित स्थापित बैंकको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले उद्घाटन गर्दैे कोरोना जोखिमको अवस्था कायमै रहेकाले निःशुल्क मास्क बैंकको स्थापना भई महामारी न्यूनीकरणमा थप सहयोग पुग्ने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *