कांग्रेस पदाधिकारी बैठक बस्दै
फाइल तस्वीर
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक आइतबार दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ।
आज बस्ने बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको काम कारवही र अगाडिको रणनीतिका बारेमा छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए।
क्रियाशिल सदस्यता छानबिन समितिको कामले गति लिन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई दिने विषयमा छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्न लागेको हो।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ। महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment