इटाली पठाइदिने भन्दै ३१ लाख ठगी गर्ने पक्राउ

डिसी नेपाल
१६ असार २०७८ १८:१८
56
Shares

काठमाडौं । इटाली पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मंगलबार प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका ७ घर भएका ३६ वर्षीय उमेश रेग्मीरहेका छन् ।

रामेछाप उमाकुण्ड गाउँपालिका ३ का २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिई उनीहरूलाई अजरबैजानसम्म पुर्‍याएर बिचल्ली बनाएर फरार रहेका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।

उमेशले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *