टानद्वारा पदयात्राका विपन्न मजदुरहरुलाई आर्थिक सहयोग

डिसी नेपाल
१८ असार २०७८ १९:४४
60
Shares

काठमाडौं। ट्रेकिंङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)ले पदयात्राका विपन्न मजदुरहरुलाई राहत प्रदान गरेको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रोजगारविहीन हुन पुगेका पदयात्रामा आश्रित श्रमजिवी मजदुरहरुलाई टानले आर्थिक सहयोग प्रदान गरेको हो ।

पदयात्राका विपन्न ७७ जना ट्रेकिंङ सहयोगी मजदुरहरुलाई राहतस्वरुप प्रति मजदुर ५ हजार रुपैयाँ दिइएको थियो। टान पोखराको आयोजना, टान केन्द्रका अध्यक्ष खुम बहादुर सुबेदीको समन्वय र हङकङस्थित ‘मिक्स एन्ड म्याच’ कम्युनिटी (अध्यक्ष, दिननाथ बगाले)को आर्थिक सहयोगमा राहत बितरण कार्यक्रम गरिएको हो ।

उक्त राहत अभियान गरेको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलका अनुसार नेपालका पदयात्रा पर्यटनका श्रमिकहरुले राहत मागेर खानुपर्ने अत्यन्त मार्मिक र पिडादायी अवस्था बनेको छ । उनले भने, ‘नेपालको विभिन्न ठाउँहरुबाट रोजगारीका लागि पोखरामा बालबच्चासहित परिवारका साथ घरभाडामा बसेका, विगत १ बर्षदेखि पदयात्रामा बेरोजगार भै बैकल्पिक दैनिक रोजगारी गरिरहेका मजदुरहरुलाई खाद्यान्न अभाव भएकोले सहयोग गरिएको हो ।’

पौडेलका अनुसार पर्यटकीय सिजनहरुमा पर्यटकको भारि बोकी उच्च हिमाली क्षेत्रहरुमा पदयात्रा सहयोगीको रुपमा काम गरि जिवीकोपार्जन गर्ने मजदुरहरु पर्यटनको शुन्य गतिविधिसँगै एकातिर कोरोना संक्रमणको त्रास, अर्कोतिर निषेधाज्ञाको कारण घर बाहिर निस्कन नसकिने अवस्थामा रहेका छन्। अत्यन्त विपन्न बर्गका त्यस्ता पदयात्रा मजदुरहरुलाई लक्षित गरि तत्काल राहत वितरण गरेको उनले बताए ।

उनले थपे, ‘सधैंभरि यसरी राहत मात्र वितरण र ग्रहण नै समस्याको समाधान पक्कै पनि होईन। पदयात्रा पर्यटनले गति लिएर लयमा नफर्कदासम्म श्रमिकहरुको लागी अल्पकालिन र दिर्घकालिन रोजगार सृजनाका कार्यक्रमहरु ल्याएर यथाशिघ्र कार्यान्वयन गरिने र मजदुरहरुको समस्या समाधान गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण समेत गराउन चाहन्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.