एयरपोर्टबाट छब्बिस लाखसहित दुई पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं । विराटनगर विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलमा यात्रु जाँच गर्ने क्रममा प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
शुक्रबार बिहान करिब १० बजे बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं आउन लागेका सुनसरीको धरान उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय दिलीप तामाङलाई चेकजाँच गर्दा उनले बोकेको ब्यागबाट स्रोत नखुलेको नगद एघार लाख फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन अपराह्न करिब १५:३५ बजे श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं आउन लागेका भारत, बिहारका ३६ वर्षीय मोहिदुल अन्सारीलाई जाँच गर्दा उनको साथबाट पन्ध्र लाख अठासी हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई जम्मा छब्बिस लाख अठासी हजार नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।







डिसी नेपाल







Facebook Comment