प्रतिनिधिसभा विघटन : निवेदकको जवाफी बहस सकियो
काठमाडाैं। प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको छ।
आज बरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका हुन्।
उनीहरूको बहससँगै यो मुद्दामा पक्ष-विपक्षको बहस सकिएको छ। जवाफी बहसका लागि उनीहरुलाई तीन घण्टा समय दिइएको थियो।
चिया ब्रेकपछि एमिकस क्युरीको तर्फबाट राय राख्ने तयारी छ। एमकिस क्युरीमा रहेका चार जनालाई दुई घन्टा समय छुट्याइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment