सेयर बजारमा सामान्य गिरावट

डिसी नेपाल
२२ असार २०७८ १५:४५
28
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से झिनो अकंले घटेको छ। मंगलबार नेप्से ५ दशमलव २४ अंकले घटेर २८ सय १८ दशमलव १० अंकमा रोकिएको छ।

यस दिन कारोबार रकममा पनि संकुचन आएको छ। कूल २ सय २० कम्पनीको कारोबार हुँदा ४ अर्ब २२ करोड ४० लाख जतिको कारोबार भएको छ।

आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको सेयर सामान्य बढेको छ। तर, विकास बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर घटेको छ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज एचआईडीसीएल र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ। समग्र बजार घटे पनि राष्ट्रिय बीमा कम्पनीको सेयर साढे आठ प्रतिशतले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.