फेरि सात बजे बस्ने गरी सकियो कार्यदलको बैठक
काठमाडौं। विवाद समाधानका लागि गठिन कार्यदलको बैठक आज बेलुका सात बजे बस्ने गरी सकिएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेपनि आज बेलुका सात बजे बस्ने गरी सकिएको कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए। ‘पार्टी एकताको घोषणा गर्ने गरी हामीले निरन्तरत छलफल गरिरहेका छौं,’ नेम्वाङले भने, ‘आज शीर्ष नेतासँग छलफल गरेर सात बजे फेरि बैठक बस्छौं।’
कार्यदल बैठक बस्नु अघि एमाले उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधव नेपाल छलफल गरेका थिए। नेपाल र रावलबीच झण्डै एक घण्टा छलफल भएको थियो।
बुधबार बसेको कार्यदलले बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेतासँग थप छलफल गर्ने निर्णय गरेको थियो। बुधबार अध्यक्ष ओली र नेता नेपालबीच लामो छलफल पनि भएको थियो। छलफल सकारात्मक बनेपनि निष्कर्षमा पुग्न सकेको थिएन। पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल सक्रिय बनेको छ। तर सहमति जुटिसकेको छैन।
आजै उपाध्यक्षद्वय बामदेव गौतम, भीम रावल र उपमहासचिव विष्णु पौडेलबीच पनि सिंहदबारका छलफल भएको थियो।







डिसी नेपाल








Facebook Comment