दार्चुलामा पहिराेमा परी तीन जनाकाे मृत्यु, जलविद्युत आयोजना बगायो
फाइल फाेटाे।
काठमाडाैं। दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरो जाँदा तीन जनाको मृत्यु भएकाे छ। पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उनकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
बाढीले बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघुजलविद्युत आयोजना पनि बाढीले बगाएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको धामीले बताए।
बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा पानी घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ।
बुधबार रातिको अविरल वर्षाका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा पनि खानेपानीका मूलहरु, दुई वटा पानी घट्ट बगाउनुका साथै धुलिगडा स्वास्थ्य चौकी र नजिकका घरहरु जोखिममा परेका छन्।
घटनास्थलमा उद्धार कार्यका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। बर्खा शुरु भएसँगै जताततै बाढी र पहिरोको जोखिम बढेको छ। दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढी, पहिरोको उच्च जोखिममा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment