एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी
काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक सिंहदरबार स्थित अर्थ मन्त्रालयमा जारी छ। बैठक साढे ७ बजे शुरु भएको हो।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङ, सचीव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल सहभागी छन्। उपमहासचिब विष्णु पौडेल मन्त्रिपरिषदको बैठकमा रहेकाले उनी भने सहभागी छैनन्। लगायत १० जनाको उपस्थिति रहेको ।
यस्तै नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचीव गोकर्ण बिष्ट, सचिब भीम आचार्य , स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त सहभागी छन्।
कार्यदलको बैठक विहीबार दिउँसो पनि बसेको थियो। तर, सहमति नजुटेपछि आन्तरिक छलफलपछि फेरि विहीबारै कार्यदल बैठक बसेको हो। अध्यक्ष ओली पक्षले माधव समूहले विपक्षी गठबन्धन छाड्नुपर्ने शर्त राख्दै आएको छ भने माधव पक्षले प्याकेजमै सहमति हुनुपर्ने भन्दै पावर शेयरिंग हुनुपर्ने बताउँदै आएको छ।
यसअघि बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच होटल मेरियटमा दुई घण्टा एक्लाएक्लै वार्ता भएको थियो। तर, सो वार्तामा कुरा नमिलेपछि विहीबार कार्यदलमा सहमतिको प्रयास गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment