शासकीय प्रणालीलाई समावेशी बनाउन जोड

डिसी नेपाल
२४ असार २०७८ २०:११
12
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लैङ्गिक तथा समावेशिताका विषयमा कानूनीभन्दा पनि व्यावहारिक रुपमा समस्या रहेको बताएका छन् ।

संवैधानिक आयोगका पदाधिकारीसँग निर्वाचन आयोगमा आज भएको निर्वाचन व्यवस्थापनसम्बन्धी छलफलमा उनले राज्यका विभिन्न क्षेत्रका कार्यकारी पदमा महिलाको उपस्थिति न्यून रहेकाले शासकीय प्रणालीलाई समावेशी बनाउन सबै निकायबीच समन्वयको खाँचो आँैल्याए ।

सो अवसरमा संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणलगायत विषयमा छलफल भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । लोकसेवा, राष्ट्रिय मानवअधिकार, राष्ट्रिय महिला, मधेशी, आदिवासी जनजाति, थारु र समावेशी आयोगका पदाधिकारी छलफलमा सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *