सिवाईसी लघुवित्तले करिब ४ लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौं। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा झण्डै ४ लाख कित्ता आइपीओ बिक्रीमा खुला गर्ने भएको छ।
लघुवित्तले करिब करिब ४ करोडको प्रति कित्ता एक सय रुपैयाँ दरले ३ लाख ९५ हजार ३३५.९७०४ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो।
यसका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले अनुमति पाएको छ।
सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment