रास्वपामा स्थानीय तह निर्वाचनमा उम्मेदवार क्याण्डिडेट क्लब र लिडरशिप एकेडेमी उत्तीर्ण हुनुपर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने सदस्यको मापदण्ड निर्धारण गरेको छ।
आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने छ।
रास्वपाको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष तथा मेयर-उपमेयरमा उम्मेदवारी दिनुअघि पार्टी सदस्यहरूले यी दुई ठाउँमा पढेर उत्तीर्ण हुनैपर्ने नियम बनाएको प्रवक्ता मनिष झाले बताए।
आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनाव एकै समयमा गर्ने गरी अहिलेबाटै आवश्यक तयारी अघि बढाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment