विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज खोप लगाइयो

डिसी नेपाल
२५ असार २०७८ १५:१०
128
Shares

काठमाडाैं । विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।

चीनमा एक अर्व ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ३७ करोड २२ लाख ५५ हजार ७ सय ८६ डोज, अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६ सय ४१, ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज कोरोना भाइरसविरुद्धकाे खाेप लगाइएको छ।

बेलायतमा आठ करोड ४ लाख ७२ हजार ५४४ डोज, जर्मनीमा सात करोड ९७ लाख २९ हजार २ सय ५१, पोल्याण्ड छ करोड ११ लाख ३७ हजार २ सय ३९, फ्रान्स पाँच करोड ७९ लाख ४२ हजार ३६५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

यसैगरी काेराेना विरूद्धकाे खाेप लगाउने अन्य देशहरूमा टर्कीमा पाँच करोड ६४ लाख १६ हजार १७३ डोज, इटाली पाँच करोड ६० लाख ४७ हजार ९४८ डोज रहेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *