आफैंले आँखीभुइँ छेड्दा १५ वर्षकी किशोरीको मृत्यु

डिसी नेपाल
२६ असार २०७८ १२:४१
2.4k
Shares

काठमाडौं। घरमै आफैंले आफ्नो आँखीभुइँ छेड्दा १५ वर्षकी एक किशोरीको मृत्यु भएको छ । आँखीभुइँ छेडेपछि उनलाई घातक संक्रमण भएर उनको अनुहार बेलुनझैं फुल्लिएको थियो । उनको आँखा वरिपरीको भाग सुन्निएर उनी आँखाले हेर्न पनि नसक्ने भएकी थिइन् ।

१५ वर्षकी इजाबेला एडुआर्डा डिसुजाले दक्षिण पूर्वी ब्राजिलियर राज्य मिनास गेराइसको एंगेनहेइरो काल्डासमा रहेको आफ्नो घरमा एक साथीको सहयोगमा आँखीभुइँ छेडेकी थिइन् । द सनको एक रिपोर्टअनुसार यी किशोरीले पहिलेदेखि नै आफ्नी आमालाई आफ्नो अनुहारमा छेड्न अनुमति दिन आग्रह गरेकी थिइन् तर उनकी आमा र उनका परिवारले यसको अनुमति दिएका थिएनन् ।

छेडेको ३ दिनपछि इजाबेलाको अनुहारमा चिन्ताजनक लक्षणहरु देखिन थालेका थिए । उनको आँखा वरिपरिको भाग सुन्निन थालेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई ४ पटक हृदयाघात भएको थियो । उनको शरीरले बाहिरी वस्तुलाई अस्वीकार गरेपछि उनको स्वास्थ्य बिग्रिँदै गएको थियो । उनको स्थिति गम्भीर भएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा सारियो । त्यहाँ उनलाई अक्सिजन सपोर्टमा १ हप्तासम्म राखियो तर, अन्ततः उनको मृत्यु भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *