आफूलाई एमालेमा फर्काउने कसरतका बेला भेट्न आएका प्रचण्डलाई माधव नेपालले के भने ?

डिसी नेपाल
२६ असार २०७८ १३:३८
3.2k
Shares

काठमाडौं। एमालेबाट विद्रोह गरेर अलग्गै समूह बनाएका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई एमालेमै फर्काउने गरी वार्ता कार्यदल बनेको र उक्त कार्यदलले माधव नेपालसँग सहमतिका लागि मस्यौदासमेत तयार गरिसकेको पृष्ठभूमिमा नेकपा माओवादी केन्द्रका प्रमुख पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन्।

नेपाललाई एमालेमै फर्काउने तयारी भइरहेका बेला कार्यदलले सहमतिको मस्यौदासमेत तयार पारिसकेको खबर बाहिरिएपछि सशंकित भएका प्रचण्डले नेपालसँग पनि एकताकै विषयमा सोधेका थिए । एमाले कार्यदलको मस्यौदा आज सार्वजनिक गरिने बताइएपछि मस्यौदा सार्वजनिक नहुँदै प्रचण्ड नेपाल निवास पुगेका थिए।

प्रचण्डको जिज्ञासामा नेपालले अहिले सर्वोच्च अदालतमा विचाराधीन विषय प्रभावित हुने गरी सहमति नगर्ने बताएको स्रोतले बतायो। यसबाहेक माधव नेपालले प्रधानमन्त्री ओलीसँग शक्ति बाँडफाँडको समेत शर्त राखेका छन्। नेपालको शर्त पूरा गर्नको लागि सहमतिको विन्दु भने कार्यदलले पहिल्याउन सकेको छैन। कार्यदलले प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल गराउने प्रयास गरिरहेको छ । उता विपक्षी गठबन्धनको बैठक पनि नेता नेपालकै कारण रोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.