१३ वर्षकी किशोरीको अगाडि ‘सेक्स’ शब्द बोल्दा १ वर्ष जेल १५ हजार रुपैयाँ जरिवाना
काठमाडौं। भारतको मुम्बइको एक विशेष अदालतले १३ वर्षकी किशोरीको अगाडि ‘सेक्स’को बारेमा कुरा गरेको अभियोगमा एक बस कण्डक्टरलाई एक वर्षको जेल सजाय सुनाएको छ । अदालतले आरोपी चन्द्रकान्त सुदाम कोलीलाई पोक्सो ऐनको धारा १२ अन्तर्गत दोषी ठहर गर्दै एक वर्षको जेल र १५ वर्षको जरिवानाको सजाय सुनाएको हो । जरिवाना नतिरे उनले थप ३ महिना जेल सजाय भोग्नुपर्नेछ ।
भारतीय अखबार दैनिक भास्करका अनुसार घटना २०१८ को हो । पूर्वी उपनगरकी किशोरी सरकारी बसबाट सधैं बिहान स्कुल जान्थिन् र दिउँसो फर्किन्थिन् । जुलाइ २०१८ मा घटनाको दिन बसमा २–३ जना मात्र मानिस थिए । यस क्रममा कण्डक्टर चन्द्रकान्त कोली किशोरीको छेउमा गएर बसे । चन्द्रकान्तले किशोरीसँग सेक्सको बारेमा केही थाहा छ कि छैन भनेर सोधे । किशोरीले जवाफमा आफूसँग यस्ता प्रश्न नसोध्न भनिन् । कण्डक्टर त्यहाँबाट उठेर गए । एकछिनपछि फेरि आएर किशोरीसँग फेरि पनि सेक्सको बारेमा सोधे । किशोरीले फेरि पनि यस्तो प्रश्न नसोध्न भनिन् । यत्तिकैमा बस स्टप आयो र किशोरी ओर्लिइन् ।
केही दिनपछि किशोरीले बसमा स्कुल जान नमानेपछि उनकी आमाले उनीसँग के भयो भनेर सोधिन् तर किशोरीले घटनाको जानकारी दिइनन् । आमाले छोरीकी साथीसँग सोधेपछि साथीले घटनाबारे बताइन् । त्यसपछि आमाले छोरीलाई लिएर बस डिपो गइन् र आरोपी चन्द्रकान्तको पहिचान गरिन् । त्यसपछि आमाले आरोपीविरुद्ध उजुरी हालिदिइन् । भोलिपल्ट पुलिसले आरोपीलाई पक्राउ गर्यो । गिरफ्तारीपछि कोली केवल १२ दिनका लागि जेल गएका थिए । पछि उनी धरौटीमा छुटे । फैसलापछि उनका वकिलले माथिल्लो अदालतमा अपिल गर्नको लागि सजाय निलम्बन गर्न माग गरेपछि १ महिनाको लागि सजाय स्थगित गरिएको छ ।







डिसी नेपाल







Facebook Comment