युरो कप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ
ललितपुर । हाल भइरहेको यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका ५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।
युरो कप खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठुलो धनराशि हारजित हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूउपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment