क्रियाशील सदस्यता छानबिनबारे वरिष्ठ नेता पौडेलले लिए जानकारी
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन्।
क्रियाशिल सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगास्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन्। पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए।
क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए।
आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा काँग्रेसको महाविधशेन हुँदैछ। क्रियाशील सदस्य काँग्रेस अधिवेशनका प्रारम्भिक मतदाता हुन्। त्यसैले क्रियाशील सस्यताको विषय काँग्रेसमा पेचिलो बन्दै गएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment