कार्यदलमा आज पनि सहमति जुटेन

डिसी नेपाल
२६ असार २०७८ १८:२६
612
Shares

काठमाडौं। एमलेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले शनिबार सहमति जुटाउने भनिए पनि शनिबार भने सहमति हुन सकेन। शनिबार ढिलागरी बसेको कार्यदल बैठकमा सहमति जुट्न नसकेको कार्यदल सदस्य वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता सचिव गोकर्ण विष्टले जानकारी दिए। यसअघि शुक्रबारको बैठकपछि कार्यदलका सदस्यहरुले शनिबारको बैठकबाट सहमति जुट्ने सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए।

तर, शनिबार सहमति हुन नसकेको र केही कुरा मिलाउन बाँकी रहेको सचिव विष्टले जानकारी दिए। उनले अब छिटै गूड न्यूज सुनाउनेसमेत बताए। उनले आइतबार नै सुखद् समाचार सुन्न पाइने बताए। तर, के के कुरा मिल्यो र के के बाँकी हो भन्ने विषयमा केही खुलाइएको छैन। शनिबारको बैठक करिब १ घण्टामात्र बसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.