जम्मै कुरा मिलिसक्यो : नेम्वाङ

डिसी नेपाल
२६ असार २०७८ १९:११
924
Shares

ेकाठमाडौं। शनिबार नै सहमति जुटाउने भनिए पनि एमालेको आन्तरिक विवाद समाधान गर्न गठित सँयुक्त कार्यदलले सहमति जुटाउन सकेन। तर, आइतबार भने सहमति हुने दावी अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले गरेका छन्।

उनले भने, ‘जम्मै कुरा मिलिसक्यो, भोलि सुखद् समाचार सुनाउँछौं।’ तर, उनले आज किन सहमति हुन सकेन र के के कुरा बाँकी हो भन्ने विषयमा भने जानकारी दिन अस्वीकार गरे। उनले भने, ‘ती सबै कुरा भोलि भन्छौं।’

यसअघि माधव समूहका कार्यदल सदस्य गोकर्ण विष्टले शनिबारको कार्यदलको बैठकमा सहमति हुन केही बुँदा बाँकी रहेको बताएका थिए। उनले आइतबार सहमति हुने र सुख्द समाचार आउने बताएका थिए। तर, शुक्रबार पनि बैठकपछि नेताहरुले शनिबार सहमति जुट्ने दावी गरेका थिए। शुक्रबारको दावी अनुसार शनिबार सहमति जुट्न सकेन। आइतबार के हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *