के छ एमाले कार्यदलको १० बुँदे सहमतिमा ?
काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति गरेको छ। पार्टीको संरचनालाई जेठ २ गते पूर्वको अवस्थामा फर्काउने, विधान महाधिवेशन गर्ने, अन्य संरचना मिलाउन कार्यदल गठन गर्ने, माओवादीबाट आएकाहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने लगायतका १० बुँदे सहमति भएको छ।
यी सहमतिलाई अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले अनुमोदन गरे एमालेमा देखिएको लामो समयको विवाद सकिनेछ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment