एमाले अध्यक्ष ओली र वरिष्ठ नेताबीच भेट हुँदै

डिसी नेपाल
२८ असार २०७८ ११:५५
892
Shares

काठमाडौं। पार्टीभित्रको विवाद समाधानका लागि दश बुँदे सहमति गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटघाट गराउने तयारी भएको छ।

आइतबार राति विवाद समाधानका लागि गठित कार्यदलले दश बुँदे सहमति गर्दै विवाधान समाधान गरेपछि आजै ओली र नेपालबीच भेटवार्ताको तयारी भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

कार्यदलले दश बुँदे सहमति गरेपछि ओली पक्षीय नेताहरु अइतबार राति बालुवाटार पुगेर माधव नेपाललाई फोन गरेर भेट्न प्रस्ताव गर्न सुझाव दिएका थिए। उनीहरुको सुझावप्रति अध्यक्ष ओली सकारात्मक रहेका छन्। संभवत सर्वोच्च अदालतको फैसाला अगाडि नै दुई नेताबीच भेटवार्ता हुन सक्ने नेताहरुले बताएका छन्।

आज साँझ पाँच बजे स्थायी कमिटी बैठक बोलाइएको छ। त्यसअघि नै ओली र नेपालीच भेट गराउने तयारी भएको छ। दुई नेताबीचको छलफलपछि स्थायी कमिटीमा नेपाल समूह सहभागी हुने बताइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *