भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

डिसी नेपाल
२९ असार २०७८ २१:१६
136
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार घिमिरेले मुद्दा मिलाइदिने भन्दै रु तीन लाख ९९ हजार ५०० घुस लिएको पाइएको आयोगले जनाएको छ । आयोगले प्रहरी हवल्दार घिमिरे र व्यवसायी स्वर्णकारविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *