नवनियूक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत बेरीको बधाई

डिसी नेपाल
३१ असार २०७८ १३:४५
36
Shares

काठमाडौं। नवनियूक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटेर बधाई तथा शुभकामना दिएका छन्। राजदुतले बिहीबार बिहान देउवा निवास पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन।

भेटमा राजदूत बेरीले नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा देउवालाई बधाई तथा शुभकामना दिएका हुन्।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालमा नेपाल र अमेरिकाको मित्रता र साझेदारीलाई थप अघि बढाउने विश्वास समेत व्यक्त गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.