सेयर बजारमा सामान्य वृद्धि, काराेबार रकममा पनि सुधार
काठमाडौं। साताको अन्तिम काराबारको दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। बिहीबार नेप्से ११.३३ अंक बढेर २८ सय ८३.३८ अंकमा बन्द भएको छ।
बिहीबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। यस दिन २ सय २३ कम्पनीको ५ करोड ८५ लाख २ हजार एक सय ९ कित्ता सेयर ८ अर्ब १४ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ। यसअघि बुधबार ५ अर्ब ६५ करोड बराबरको सेयर किनबेच भएको थियो।
समूहगत तर्फ यस दिन बैंकिङ ६, ब्यापार २८, जलविद्युत ५६, फाइनान्स ४७, निर्जीवन बीमा ३६ र माइक्रोफाइनान्स समूह ४५ अंकले बढे। होटल तथा पर्यटन ५०, विकास बैंक १३, उत्पादन ५, अन्य ७ र जीवन बीमा समूह ४३ अंकले घटेका छन्।
कारोबारका आधारमा गोर्खा फाइनान्स अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ३६ करोड रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको एनआइसी एसिया बैंकको ३३ करोडको सेयर खरिद बिक्री भएको छ।
यस दिन ङादी गुरुपको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ। यस्तै सबैभन्दा धेरै सिभिल लघुवित्त, ओरियन्टल होटल, सोल्टी होटल र युनिलिभर नेपालको मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ।







डिसी नेपाल








Facebook Comment