काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

डिसी नेपाल
३१ असार २०७८ १७:१७
348
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुबीच बिहिबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थपसँगै उपत्यकामा पसल खोल्ने समय एक घण्टा थप गरिएको छ । असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने छ ।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *