कोठा भाडामा जातीय भेदभाव प्रकरणः निवर्तमान मन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश
फाइल फाेटाे
काठमाडौं। रुपा सुनाले जातीय विभेदकै कारण कोठा नपाएको प्रकरणमा हिरासतमा रहेकी सरस्वती श्रेष्ठलाई सरकारी गाडीमा राखेर घर पुर्याउने तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जातीय भेदभाव मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
सुनारले मन्त्री नै गएर सरस्वती श्रेष्ठलाई घर पुर्याएकाले जातीय विभेद मुद्दाको अनुसन्धानमा प्रभाव परेको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सोही रिटमाथि विहीबार न्यायाधीशरुह प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश दिएको हो।
सर्वोच्चले निवर्तमान मन्त्री श्रेष्ठविरुद्ध सुनारले दायर गरेको दरस्खातमाथि अनुसन्धान गरी २५ दिन भित्र अभियोजन गर्ने वा नगर्ने निर्णय लिन प्रहरीका नाममा अन्तरिम आदेश दिइएको छ। साथै सर्वोच्चले यो प्रकरणमा जातीय सहिष्णुता खल्बलिने गरी समाचार प्रकाशन नगर्नसमेत सञ्चार माध्यमहरुलाई सचेत गराएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment