लागुऔषधसहित एक पक्राउ
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको टोलीले लागुऔषध र नगदसहित एक जनालाई पक्राउ गरेको छ । टोलीले दुई हजार १६ थान (एम्पुल) विभिन्न प्रकारका लागुऔषध र पाँच लाख २१ हजार २०० रुपैयाँ नगदसहित पोखरा महानगरपालिका–१ बाट ४९ वर्षीय अर्जुनकुमार गुरुङलाई पक्राउ गरेको हो ।
लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा अनुसन्धानमा खटिएको उक्त टोलीले गुरुङको कोठामा सुटकेसभित्र लुकाइछिपाइ राखेको अवस्थामा डाइजापान ६७०, फेनेरागन ६७०, नर्फिन ६७४ थान (एम्पुल) र एक थान मोबाइलसमेत पक्राउ गरेको प्रहरी प्रवक्ता सुभास हमालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका गुरुङलाई लागुऔषधसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment