आजबाट वृद्ध भत्ता ४ हजार पुग्यो, सरकारी कर्मचारीको तलब पनि २ हजारले बढ्यो

डिसी नेपाल
१ साउन २०७८ १२:०७
3.8k
Shares

काठमाडौं। आज साउन एक गते अर्थात आर्थिक वर्षको पहिलो दिन हो। केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू हुँदैछ। ओली नेतृत्वको सरकारले ल्याएको यस आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता बढाएर ४ हजार रुपैयाँ पुर्याइएको थियो। यस्तै

सरकारी कर्मचारीको तलब पनि २ हजार रुपैयाँ बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। सरकारले ३ हजारको भत्तालाई ४ हजार पु¥याएको थियो।

सरकारी कर्मचारीको यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो।

२ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *