आइतबारदेखि प्रिओपन सेसनमा दुई प्रतिशत मात्र मूल्य परिवर्तन हुने

डिसी नेपाल
१ साउन २०७८ १३:२०
76
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारदेखि प्रिओपन सेसनमा मूल्य परिवर्तन सीमा घटाउने भएको छ। नेप्सेले मिलेमतो हुने गुनासोका आधारमा धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ संशोधन गरी प्रिओपन सेसनमा अधिकतम २ प्रतिशत मात्र मूल्य तलमाथि भएर खरिदबिक्री आदेश राख्न पाइने व्यवस्था गरको हो।

उक्त व्यस्था आइतबार (साउन ३ गते) देखि लागू हुने नेप्सेले जनाएको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा हाल रहेको ५ प्रतिशत मूल्य परिवर्तन सीमा घटाएर नेप्सेले २ प्रतिशतमा झारेको हो। प्रिओपन सेसनको कारोबारमा सेयर मूल्य अत्याधिक उतारचढाव भएपछि यस्तो व्यवस्था गरिएको हो।

यस्तै, नेप्सेले विनियमावली संशोधन गरी आइतबारदेखि नै लागू हुने गरी दोस्रो बजार कारोबारमा न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ। हाल १ रुपैयाँ रहेको न्यूनतम मूल्य परिवर्तन सीमा घटाएर १० पैसा बनाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.