रसुवा भन्सार कार्यलयले ५० प्रतिशत राजस्व पनि उठाउन सकेन

डिसी नेपाल
२ साउन २०७८ ११:३७
32
Shares

काठमाडौं। मुलुकको प्रमुख भन्सार नाकामध्येको रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को लक्ष्यको ५० प्रतिशत राजस्व पनि संकलन गर्न सकेको छैन। कोरोना भाइरसको कारण आयात निर्यात असहज हुँदा लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको कार्यलयले जनाएको छ।

कार्यालयले कूल ७ अर्ब २४ करोड ३३ लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य मध्ये ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार राजस्व संकलन गरेको छ। यो लक्ष्यको ४८.९ प्रतिशत मात्र हो ।
बिगतमा रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आयात तथा २० भन्दा बढी कन्टेनरहरु निर्यात हुँदै आएका थिए। तर, हाल दैनिक आठ वटा कन्टेनर सामान मात्र आयात हुँदै आएका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.