नबिल बैंकले वार्षिक ८ प्रतिशत व्याजमा ऋणपत्र निष्कासन गर्दै
काठमाडाैं। नबिल बैंक लिमिटेडले वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले साउन १० गतेदेखि ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।
सो ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २४ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।







डिसी नेपाल








Facebook Comment