एमाले स्थायी कमिटी बैठक जारी

डिसी नेपाल
३ साउन २०७८ १३:३८
304
Shares

काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा देउवा सरकारले लिने विश्वासकाे मत र अन्य समसामयिक विषयमा छलफल भइरहेकाे छ। प्रधानमन्त्री शेरबहदुर देउवाले आजको संसद बैठकमा विश्वासको मत लिन सचिवालयमा पत्र दर्ता गराएका छन्। एमालेको यसअघिको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

तर, देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव पक्षका २३ सांसदले भने विश्वास दिने वा नदिने भन्ने अन्योल छ। नेता माधव नेपालले भने यस अघि नै देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बताएका थिए।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन्। जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद छन्।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै रहेको ले अव विश्वासको मत पाउन ८ सांसदको मत भए पुग्छ। नेपाल पक्षका केही सांसदले देउवालाई मत नदिए प्रधानमन्त्रीको देउवाले विश्वासको मत गुमाउने निश्चित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *