एमाले अध्यक्ष ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

डिसी नेपाल
५ साउन २०७८ ११:३८
588
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ओली निवास बालकोट पुगेका छन्। मगबार विहान विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धमेन्द्र बास्तोला बालकोट पुगेका थिए।

ओली र विप्लवबीच सरकारसँग भएको तीन बुँदे सहमति र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।
सशस्त्र विद्रोह गरिहेको विप्लव नेतृत्वको नेकपालाई ओली नेतृत्वको सरकारले शान्तिपूर्ण मुलधारको राजनीतिमा ल्याएको थियो।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो। मंगलबारको भेटमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वनका विषयमा छलफल भएको थियो।

पछिल्लो समय विप्लव राजनीतिक भेटघाटमा सक्रिय छन्। उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष डा। बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *