जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित
काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डॉ बाबुराम भट्टराई पक्षका करीब तीन दर्जन सांसदहरुको उपस्थिति थियाे।
दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment