परिणाममुखी अनुसन्धानमा ध्यान दिन मन्त्री भुसालको निर्देशन
फाइल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छन् ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे आज जानकारी लिँदै उनले मन्त्रालयसँग सम्बन्धित सबै क्षेत्रमा अनुसन्धान केन्द्रिकृत गर्न निर्देशन दिइन् । नदीसँगै बग्ने गेग्रानको उचित व्यवस्थापन गरेर बस्ती कसरी जोगाउने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उनले भनिन्, “देशको विकासका लागि आवश्यक पर्ने क्षेत्रमा अनुसन्धान हुनुपर्छ, धेरैतिर हात हाल्नुभन्दा राष्ट्रिय प्राथमिकताका विषयलाई ध्यान दिनुहोस् ।”
निश्चित समयमा विज्ञसँग परामर्श गरेर अनुसन्धान गर्न निर्देशन दिँदै उनले भनिन्, “अनुसन्धानको नतिजालाई ‘टाइ अप’ गरेर काम गर्नुपर्छ, व्यावहारिक र कार्यान्वयन गर्ने खालको रिसर्च हुनुपर्छ । त्यसो भएन भने वौद्धिक विलाशिता मात्र हुन्छ ।”
केन्द्रले नदीको बहाव, बाढीपहिराको हुने क्षति, जलस्रोत कूटनीतिलगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । केन्द्रका प्रमुख डा महेश्वर श्रेष्ठले जनशक्तिको अभाव भएको तथा भएका जनशक्ति पनि काजमा अन्त गएकाले समस्या भएको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment