गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलद्वारा मन्त्रिपरिषद् विस्तार
काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन्।
यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन्।
यसैबीच कांग्रेसले आज तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो। तर, दोबाटे विकको नाम भने अन्तिम समयमा काटिएको छ। मणिभद्र पर्यटन र मेखलाल सामाजिक विकासमन्त्री नियुक्त गरिएको छ। तनहुँका विकको नाम अन्तिम समयमा आएर काटिएपछि विन्दुकुमारको नाम थपिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment