अमिताभ बच्चनका सम्धीको निधन, बीचमा छायांकन छोडेर दिल्ली फर्किए अमिताभ
एजेन्सी। भारतका चर्चित व्यापारी तथा एस्कार्टस ग्रुपका अध्यक्ष राजन नंदाको निधन भएको छ। राजन नंदा बलिउड अभिनेता अमिताभ बच्चनका सम्धी हुन्। उनी अमिताभ बच्चनकी छोरी श्वेता नन्दाका ससुरा हुन्। उनको आइतबार राति गुरुग्रामको मेदान्त अस्पतालमा निधन भएको हो।
राजन नंदाको परिवारमा उनकी श्रीमती ऋतु नंदा, छोरी नताशा, छोरा निखिल नंदा र बुहारी श्वेता बच्चन छन्। राजनका छोरा निखित श्वेता बच्चकी श्रीमान तथा अमिताभ बच्चनका ज्वाइँ हुन्।
राजन नंदाको निधन भएको समाचार पहिला ऋषि कपुरकी छोरी रिद्धिमा कपुले दिएकी थिइन्। उनले समाजिक संजालमा राजन नंदालाई श्रद्धाञ्जली पनि दिएकी छन्। रिद्धिमाले श्रद्धाञ्जली दिँदै लेखेकी छन्, ‘तपाइँ सधैं महान हुनुहुन्थ्यो र रहिरहनुहुन्छ। हामी तपाइँलाई सधैं सम्झिरहने छौं।’ राजन नंदा नाताले ऋषि कपुरका भिनाजु पर्छन्।
सम्धीको निधन भएपछि अमिताभ चलचित्रको छायांकन बीचमा छोडेर दिल्ली फर्किएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment