एनआरएनए बहराइनको अध्यक्षमा पुनःलक्ष्मी गिरी निर्वाचित

डिसी नेपाल
१० साउन २०७८ २०:५५

काठमाडौं । गैरआवासीय नेपाली संघ/अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बहराइनको अध्यक्षमा पुनःलक्ष्मी गिरी भारी मतसहित निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न संघको निर्वाचनमा गिरीले १२ सय ६५ मत खसेकोमा ९ सय ५६ मत ल्याएर विजयी भएकी हुन् ।

गिरीका प्रतिद्वन्द्वी रहेका सुवास केसीले ३ सय ९ मत प्राप्त गरेका थिए । त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा अमर श्रेष्ठ र उपाध्यक्षहरुमा तिर्थ भण्डारी, युवराज प्याकुरेल र महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा विरेन्द्र बुढाथोकी र कोषाध्यक्षमा भावना आचार्य निर्वाचित भएका छन् । त्यस्तै समितिको सहकोषाध्यक्षमा दीप विक्रम राना, युवा संयोजकमा सन्त कुमार न्यौपाने तथा सदस्यहरुमा तिलक बहादुर कार्की, दीपक बहादुर दर्जी, शुसीला क्षेत्री, रुद्रमणि उप्रेती, मिना तामाङ, फलामसिंह लामा र सूर्य भण्डारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

बहराइनबाट संघको आइसीसी सदस्यका लागि दिनेश बहादुर बस्नेत पनि निर्विरोध निर्वाचित भएका छन् । राजकु्मार बस्नेत संयोजक, छविलाल विक र झहरमान थेवे सदस्य रहेको निर्वाचन समितिले संघका केही पदमा निर्वाचन प्रक्रियाद्धारा तथा केही पदहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *