ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३८ सय जना संक्रमित

डिसी नेपाल
१२ साउन २०७८ १६:३७

काठमाडौं । मंगलबार नेपालमा ३ हजार ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६५५ पीसीआर र ४ हजार८६३ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ७२६ र ११७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ । जसमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ७५८ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *