धार्मिक ग्रन्थकै नाममा ठगी, दुईजना पक्राउ

डिसी नेपाल
१४ साउन २०७८ १९:१९
104
Shares

काठमाडौं। बहुमूल्य धार्मिक ग्रन्थ भन्दै ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्ध धर्मको पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्न खोज्ने सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय प्रशान्तप्रताप सिंह र दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ४का ६५ वर्षीय छन्त्याल भन्ने पूर्णबहादुर मगरलाई पक्राउ गरेको हो। उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय बेगम रानामगर, रोल्पा नगरपालिका–८ का ३७ वर्षीय डम्मर पुनमगर र ३७ वर्षीय रामचन्द्र राना मगर फरार छन् । उनीहरूले चार करोडको धार्मिक ग्रन्थ किन्न लागेको भन्दै पीडितहरूबाट झुक्याएर पैसा लिएपछि प्रहरीमा उजुरी परेको थियो।

उनीहरूले काठमाडौंको इचंगुनारायण बस्ने २८ वर्षीय भीमबहादुर डाँगीलाई चार करोडको पुस्तक किन्न लागेको र पैसा नपुगेको सुनाएका थिए। त्यसरी विश्वासमा लिएपछि डाँगीबाट उनीहरूले तीन लाख ५ हजार रूपैयाँ लिएका थिए। त्यसरी नै उनीहरूले स्याङ्जा वालिङ नगरपालिका–६ घर भई काठमाडौं–७ सरस्वतीनगर बस्ने ४२ वर्षीय बिष्णुप्रसाद अर्यालबाट १२ लाख रूपैयाँ लिएका थिए। उनीहरुको पैसा लिएर ठगी गर्न खोजेपछि पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.