बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने पण्डित प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१६ साउन २०७८ ६:०६

काठमाडौं। बाख्रासँग बिहे गर्ने एक युवक र बिहे गराइदिने पण्डितलाई प्रहरीले हिरासतमा लिएको छ । ती युवकले बाख्रासँग बिहे गरिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले एक्सन लिएको हो । यो बिहेको भिडियो अहिले पनि सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

यो बिहे पाकिस्तानको मिरपुरखास जिल्लामा भएको पाकिस्तानी मिडिया द न्यूजले जनाएको छ । बाख्रासँग बिहे गर्ने युवक हिन्दू हुन् र उनको नाम अशोक भेल भएको बताइएको छ । भिडियोमा अशोकले मिरपुरखास जिल्लाको डिगरी क्षेत्रमा बाख्रासँग बिहेको सबै रितिरिवाज पूरा गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिहे गर्ने युवकका मातापिता पनि बिहेमा उपस्थित भएको देखिन्छ ।

पछि प्रहरीले बेहुला अशोक भेल र बिहे गराइदिने पण्डित भगत भेललाई हिरासतमा लिएको समाचारमा जनाइएको छ । पण्डित भगतले प्रहरीलाई बताएअनुसार उनीहरुको विश्वासमा कुनै पनि विधवा वा सम्बन्धविच्छेद गरेकी महिलाले अविवाहित युवकसँग बिहे गर्नु हुँदैन । त्यसैले ती युवकको पहिले बाख्रासँग बिहे गराइदिएर उनलाई ‘विवाहित’ बनाउन खोजिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *