एनआरएनए एनसीसी अष्ट्रेलियाको अध्यक्षमा गुरुङ निर्वाचित

डिसी नेपाल
१७ साउन २०७८ १२:२९

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा ८५ सय ८३ मतसहित गुरुङ आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा गुरूङसँग डा.ज्ञानेन्द्र रेग्मी प्रतिस्पर्धामा उत्रिएका थिए । गुरुङले ८ हजार ५ सय ८३ मत प्राप्त गर्दै अत्याधिक मतले विजयी भएका हुन् भने प्रतिस्पर्धी डा.रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । तटस्थमा ७ सय ४४ मत परेको थियो ।

अध्यक्षमा निर्वाचित भएपश्चात आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै गुरुङले आफ्ना प्रतिवद्धताबाट पछि नहट्ने पनि बताएका छन् । उनी न्यू साउथ वेल्स राज्यका पूर्व संयोजक समेत हुन् ।

सन् २०२१–२३ को कार्यसमितिमा महासचिवमा राजु बाबु अधिकारि, सचिवमा सन्ध्या शाह, संयुक्त कोषाध्यक्षमा राजकुमार नगरकोटी, नारि निकुञ्ज संयोजकमा मंजु खड्का र युवा संयोजकमा बबिन मिश्र निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा अशोक उप्रेती, रामजी बस्नेत, राजु गिरी, दामोदर अधिकारी, कृष्ण सुवेदी, कमल भण्डारी, महेश भट्टराई, बिशाल पोखरेल, विवेक क्षेत्री, रमेश अधिकारी, ध्रुब पोखरेल, अनुप थापा निर्वाचित भएका छन् ।

त्यस्तै, आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, प्रवेश राज घिमिरे विजयी भएका छन् ।

त्यस्तै, राज्य र केन्द्र बीच समन्वय कायम गर्ने राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजकसहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन् । अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा अशोक बस्नेत, न्यू साउथ वेल्समा देव गुरुङ, नर्थन टेरिटोरीमा बिष्णु चापागाईं, क्विन्सल्याण्डमा बिनोद भक्त आचार्य, साउथर्न अस्ट्रेलियामा रेनुका लामा, तास्मानियामा राकेस शाक्य, भिक्टोरियामा राम हरि खड्का र वेस्टर्न अस्ट्रेलियामा दिपक बस्नेत संयोजकका रुपमा निर्वाचित भएका छन् ।

नेपाली विद्यार्थीहरुमा सर्वाधिक चासोको बिषय बनेको न्यूसाउथ वेल्स राज्यको युवा संयोजक पदमा बिक्रम दाहाल बिजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी कलाम खड्का भन्दा ६ सय ८८ मत बढी पाएर उनी बिजयी भएका हुन् भने कसैलाई पनि छान्दिन भन्नेमा १ हजार २५ मत परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *