एनआरएनए एनसीसी अष्ट्रियाको अध्यक्षमा तिवारीको प्यानल विजयी

डिसी नेपाल
१७ साउन २०७८ १३:१४

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी भएकी छन् । दुई वर्षे कार्यकालको लागि तिवारीसँग समन्वय गर्ने पूरै टिम विजयी भएको हो ।

तिवारीले १ सय ९० मत ल्याएकी थइन् भने उनकी प्रतिद्वन्दी राजेश्वरी थापाले १ सय २५ मत ल्याएकी थिइन् । उपाध्यक्षमा अनिता भुजेल, कुमार अधिकारी, सचिवमा रोशन घिसिङ्ग, सहसचिवमा सरिता नेपाल विजयी भएका छन् ।

आइसीसी सदस्यमा बिकास कार्की बिजयी भएका छन् । बाँकी पद यस पूर्व नै निर्विरोध भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *