आजबाट युएई प्रवेश खुल्यो, यस्तो छ आवश्यक प्रक्रिया ?
काठमाडौं। नेपाली नागरिकको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) मा बिहीबार (आज) देखि प्रवेश खुला भएको छ। विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस संक्रमण त्रासका कारण युएईले लगाएको प्रतिबन्ध खोलेको हो।
युएईले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। दुतावसले जारी गरेको सूचनामा युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्।
युएईको आवासीय भिसा भएका व्यक्तिहरुले दुतावसले तोकेको प्रक्रिया पछि युएई प्रवेश पाउने छन।
त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।
Facebook Comment